२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजार सीमित मान्छेले मात्रै फाइदा कमाउने हुन हुँदैन : अर्थमन्त्री महत

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने र उनीहरूकमे लक्ष्य बमोजिम बजार तलमाथि हुने कुरा अन्त्य हुनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले धितोपत्र बजारबाट सीमित मान्छे नभई आम नागरिकलाई लाभ पुग्नुपर्ने बताए ।

मन्त्री महतले भने, ‘सेयर बजार सीमित मान्छेले मात्रै फाइदा कमाउने हुन हुँदैन । बैंकमा निक्षेप राख्नुभन्दा सेयरमा लगानी गर्दा केही फाइदा हुन्छ कि भनेर लगानी गर्नेलाई संरक्षण हुनुपर्छ । सेयर बजारलाई स्वस्थ, विस्तारित र लगानीकर्ताको लगानी सुरक्षित गर्न राष्ट्र बैंकको भूमिकाका लागि पहलकदमी हुन्छ। वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउन सके लगानीको क्षेत्र पनि बढ्छ । कम्पनीहरूको पारदर्शिता सुनिश्चित हुन्छ ।आर्थिक विधेयकमा आएको विषय आम लगानीकर्ता लागि थिएन । तर, प्लेयरहरूले लौ बर्बाद भयो, ५६ लाख लगानीकर्ता यसको दायरमा आउने भयो भनेर भ्रम फैलाइयो । बजार घट्यो हामीले होइन भनेर स्पष्टीकरण दियौ। त्यसपछि बजार बढ्यो । यसमा आम लगानीकर्ताले होइन तिनैले फाइदा कमाए ।’

अर्थमन्त्री महतले सरकारबाट सेयर बजारप्रतिको विश्वास कम गराउने काम नहुने प्रतिबद्धता जनाए । तर, सीमित व्यक्तिले मात्रै फाइदा लिने र ५६ लाखको नाम लिने परम्पराको अन्त्य हुनुपर्ने बताए । त्यो काम धितोपत्र बोर्डले गर्नुपर्ने उनको तर्क छ ।

आर्थिक विधेयकमा स्वार्थ समूहको उद्देश्य पुरा नहुँदा विवादित बनाएको समेत उनले दाबी गरे । उनले भने, ‘आर्थिक विधेयकमा कुनै पनि स्वार्थ समूहबाट प्रभावित भएर काम भएको छैन । त्यसबाट आहट भएका स्वार्थ समूहहरू असन्तुष्ट भएकोहरुले अनावश्यक विवाद झिक्ने काम गरिरहेका छन् । स्वार्थ समूहको सबैतिर पहुँच छ। त्यसबाट कर छुटलगायत परम्परागतरुपमा फाइदा लिएकाहरू बेखुसी भएका छन् । त्यही भएर सामाजिक सञ्जाल र मिडियाबाट प्रहार भएको छ ।’

उनले उद्योग व्यवसायलाई एक तहको संरक्षण रहेको भन्दै तय सल पनि पुग्दैन भने उद्योग जोगाउँछु भनेर मात्र नहुने तर्क गरे । एक तहको संरक्षण दिँदा पनि पुग्दैन भने सबै खोल्नुपर्ने उनको तर्क छ ।

भ्याटको परिधि छुट दिँदा दिँदै सकिने अवस्था भएको भन्दै आफूले त्यसमा सुधार गरेको बताए । कोभिडमा केही वस्तुलाई भ्याट छुट दिएको मा त्यो छुट सधैँ हुन नसक्ने भन्दै त्यसैलाई सुधार गर्दा स्वार्थ समूहको लागि काम गर्‍यो भन्ने आरोप लागेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस