२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्रको निर्माण घट्दो

अ+ अ-

काठमाडौँ । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको सङ्ख्या कम देखिन्छ । त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन । यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता सङ्गठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्काले बताए ।

उनले भने, ‘अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।’ यस अगाडि पनि चलचित्र निर्माणमा लागत बढिरहेको सन्दर्भमा निर्माता सङ्घले चिन्ता व्यक्त गरेको थियो ।

‘निर्माण लागत विविध कारणले बढिरहेको छ । बजारबाट न्यूनतम आउने व्यापारको कुनै मापन नै छैन’, उनले भने । निर्देशक ज्ञानेन्द्र देउजाले अहिले बजार बुझ्न सहज नरहेको बताए । ‘पहिला चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो । हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो । अहिले त्यो छैन’, निर्देशक देउजाले भने । उनी पनि चलचित्रको पटकथामा व्यस्त छन् ।

चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायाङ्कनमा छन् । केही निर्माता पर्ख र हेरको अवस्था रहेको बुझिन्छ । आउँदो भदौबाट सम्भावना बोकेका नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुँदैछन् । तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्ग निर्देश गर्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए।

‘अहिले चलचित्र भवनमा धेरै तथ्य बुझेर आउने गरेको पाएको छु । चलचित्र हेर्न जाउँ भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ’, उनले भने, ‘दसैँ आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तीव्रता आउने छ ।’ चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष विसं २०७९ मा नेपाली ५२ चलचित्र प्रदर्शन भएका थिए ।

प्रतिक्रिया दिनुहोस