काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्ड विपरीत सञ्चालन भएका अस्पतालको स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ ।
उपमहानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेका सिमरास्थित निम्स अस्पताललाई स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको हो ।
मङ्गलवार पत्र काटेर अस्पताल सञ्चालनका लागि मापदण्ड नपुगेको भन्दै उपमहानगरले स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी नियमावली अनुसार मापदण्ड पूरा गरेको नदेखिएको जनाउँदै सेवा बन्द गर्न अस्पताललाई पत्राचार गरेका हुन् ।
