१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालीलाई शरणार्थी बनाएर देशकै इज्जत लोप गराइयो : पूर्वराजा ज्ञानेन्द्र

अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाएर राष्ट्रिय गौरव लोप गराउन खोजिएको टिप्पणी गरेका छन् ।

सोमबार धनगढीमा नागरिक अभिनन्दनपछि आयोजना गरिएको सभालाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो टिप्पणी गरेका हुन् । नेपालीलाई शरणार्थी बनाएर इज्जत र गौरव नष्ट पार्न खोजिएको बताएका उनले बताए 

‘नेपाली जनतालाई पुर्खा र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ’, शाहले भने, ‘देशभित्र बसौँ, पसिना बगाऔँ, आफ्नो पौरखले देश बनाऔँ भन्ने भावना हराउँदै गएको छ । के नयाँ भनेको यही हो ? नेपालको आफ्नो अस्तित्व छैन ?’

नेपाली स्वाभिमान, वीरता, श्रम, सीप सबै खोसिएको त छैन भन्ने प्रश्न गर्दै उनले यस्ता दृश्यले सबैको आँखा रसाएको टिप्पणी पनि गरे । पछिल्लो समय सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको बताउँदै शाहले गम्भीर भएर सोच्ने बेला आएको पनि उल्लेख गरेका छन् ।

‘सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको छ । आफ्नै प्रपञ्च खुल्दै गइरहेका छन् । अहिलेको युग विकास र प्रविधिको युग भएकाले आफ्नै स्वतन्त्र संस्थाद्वारा युगान्तकारी परिवर्तन चाहान्छौं’, शाहले भने, ‘सोच्ने बेला आएको छ, कस्तो राष्ट्रिय दृष्टिकोण, परिपाटी अङ्गाल्ने रु देश भन्दा ठूलो केही हुँदैन । सोचौँ दिलैदेखि सोचौँ, गम्भीर भएर सोचौँ ।’

शाहले नेताहरुले देशका समस्यालाई नदेखेको र नसुनेको जस्तो गरिरहेको समेत बताए । ‘देशका समस्यालाई नदेखेको, नसुनेको जस्तो गरेर, बटारिएर, निषेध गरेर कोठे र ओठे जवाफ फर्काउने काम भइरहेको छ’, शाहले भने ।

शाहले सुदूरपश्चिमका विभिन्न जिल्लामा विगतमा सञ्चालनमा रहेका कलकारखाना तथा साना उद्योगहरू कता बिलाए, किन हराए भन्ने प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस