काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न श्रीमती मञ्जु खाँण प्रहरी हिरासतमा पुगेकी छन् ।
सोमबार बिहान उनी काठमाडौँ प्रहरी परिसर टेकु पुगेकी हुन् । उक्त प्रकरणमा मञ्जु समेत मुछिएको सार्वजनिक भएपछि उनी सम्पर्कविहीन भएकी थिइन्।
पुर्वगृहमन्त्री खाँण पक्राउ परेको १३ दिनपछि उनी श्रीमानलाई भेट्न हिरासत पुगेकी हुन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान् खाँणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका पुर्वगृहमन्त्री खाँण वैशाख २७ गते पक्राउ परेका थिए ।
शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । प्रहरीले आज उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।