२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेबाट

अ+ अ-

काभ्रेपलाञ्चोक । सरकारले यो वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेलमा गर्ने भएको छ।

राष्ट्रियस्तरको उक्त कार्यक्रम आयोजना गरिने भएकाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सरोकारवाला पक्षसँग तयारी बैठक सकेको छ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा बसेको बैठकले बुधबार धुलिखेल अस्पतालमा विश्व रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम हलमा गर्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का नेपालस्थित प्रतिनिधि सहभागी बैठकमा सङ्गठनले नमूनाका लागि देशमै पहिलो पटक काभ्रेबाट उच्च रक्तचाप नियन्त्रणका लागि राष्ट्रिय अभियान सुरु गर्न लागिएको जानकारी गराइयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काका अनुसार डब्लुएचओको अग्रसरतामा थालिने अभियान सम्बन्धित जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ । ‘डब्लुएचओले यहाँबाट अभियान सुरु गर्नेछ, यसलाई निरन्तरता दिने जिम्मेवारी सबै जिल्लाका स्थानीय तहको हुनेछ’, उनले भने।

बैठकमा डब्लुएचओको नेपाल प्रतिनिधि डा। रइस पोखरेल, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रामेश्वर श्रेष्ठ, काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष एवं प्रतिनिधि तथा स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि सहभागी थिए।

निर्देशक श्रेष्ठका अनुसार काभ्रेमा उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था गरिसकिएको छ । ‘अवस्था हेरी तीनथरिका औषधि निःशुल्क वितरण हुने छ। औषधी वा खानपानमा ध्यान दिई रक्तचाप जीवनभर सन्तुलित राख्नुपर्छ’, श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस