२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक’

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताएकी छन् ।

उनले महिलामैत्री तथा महिला केन्द्रित आयोजना बनाउन यस्तो संयन्त्रले समन्वय गर्ने र एकीकृतरूपमा महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउन पनि सजिलो हुने धारणा राखिन् ।

बागमती प्रदेश नीति तथा योजना आयोगले सामुदायिक महिला विकास केन्द्र मकवानपुर र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को सहकार्यमा बिहीबार हेटौँडामा सञ्चालन गरेको ‘महिला सशक्तीकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा डा देउवाले सो धारणा राखेकी थिइन् ।

उनले नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएको तर यो उपलब्धिलाई संस्थागत गरी त्यसबाट फाइदा लिन सक्ने अवस्थामा महिला अझै नपुगेका भन्दै यसका लागि पनि सो संयन्त्रले काम गर्न सक्ने बताइन् ।

यस्तो संयन्त्रले देशमा महिला अधिकार तथा महिला सशक्तीकरणका क्षेत्रमा भए÷गरेका कार्यको अनुगमन गर्ने, आगामी दिनमा गर्नुपर्ने थप कार्यका लागि समन्वय गर्ने र दिगो विकास लक्ष्यमा कसरी पुग्ने भन्ने विषयमा पनि आवश्यक सहजीकरण गर्ने डा राणाले बताइन् ।

आगामी आर्थिक वर्षको बजेटका लागि बागमती सरकारको नीति तथा कार्यक्रम बनाउनु पूर्व विभिन्न चरणमा सुझाव लिने क्रममा आयोजना गरिएको यस कार्यक्रममा महिलाको आर्थिक सशक्तीकरण, बजेटमा समेट्नुपर्ने विषय तथा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि महिला सशक्तीकरणमा आवश्यक पर्ने बजेटका विषयमा विविध सुझाव प्राप्त भएका थिए ।

सो कार्यक्रममा पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्यहरू, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, बागमती प्रदेश सरकारका सचिवहरू, महिला सशक्तीकरण विषयमा काम गर्ने गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिलगायतले आ–आफ्ना सुझाव पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस