काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकले विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्ने छ । दुई मन्त्रालय पाएको जसपाले सरकारमा एक मन्त्री पठाउन बाँकी छ ।
सरकारमा जसपाको तर्फबाट अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन्।
जसपाले यही जेठ १, २, र ३ गते विधान अधिवेशन गर्दैछ। काठमाडौँमै हुने विधान अधिवेशनको तयारी नै आजको बैठकको कार्यसूची भएको उनले बताए।