२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाअध्यक्ष र सचिवद्वारा नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्व वडाअध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ ।

सम्सी गाउँपालिका-२ पर्सादेवाडका वि.सं २०७४ मा निर्वाचित वडाध्यक्ष मोहम्म्द मकसुद र तत्कालीन वडा सचिव मनोहर मण्डलले नेपाली नागरिकताको प्रमाणपत्रमा केरमेट गरी २२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्य बाहिर आएको छ ।

उनीहरूको मिलेमतोमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुई वटा नागरिकता नम्बर प्रचलनमा ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ ।

साथै एउटै व्यक्तिको नागरिकता नम्बरलाई केरमेट गरी फरक फरक नाम र जन्म मिति राखी सामाजिक सुरक्षा भत्ता खाने उमेर बढाएको पनि पाइएको छ । उनीहरूले वितरण गरेको सामाजिक सुरक्षा भत्ताबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिएपछि सो कुरा बाहिरिएको हो ।

वडा सचिव मण्डल र वडाध्यक्ष आलमको जालसाजीका कारण अकिला खातुनले ४४ हजार, असगरी खातुनले ९६ हजार, असरुल सोखिनले ४४ हजार, इसराईल शेषले ३२ हजार, तारा खातुनले ४४ हजार, नजिरा खातुनले ९६ हजार, विल्टुन खातुनले २४ हजार, माझी नदाफले ९६ हजार, मैनदिन शेषले ४४ हजार, मोजिबुल मोमिनले ४४ हजार, रहिमा खातुनले ९२ हजार, वरिदा खातुनले ९६ हजार, समुदा खातुनले ७२ हजार, शेष लाल बाबुले ९६ हजार, जरिना खातुनले एक लाख २८ हजार, डुमैरा खातुनले ८७ हजार, शेष सदिकले ४८ हजार, हासिम मोमिनले ९६ हजार, हसिना सोखिनले ९९ हजार नौ सय, शेख सफी अहमदले ९६ हजार, समिना खातुनले ८४ हजार शैरा खातुनले ९६ हजार बुझेकाले उनीहरूबाट पनि उक्त रकम असुल गरिने वडा कार्यालयले जनाएको छ ।

तत्कालीन वडा सचिव मण्डल र वडाध्यक्ष आलममाथि कारबाहीका साथै उनीहरूबाट बिगो स्वरूप १६ लाख १४ हजार नौ सय असुल गर्नु पर्ने देखिएकाले कारबाहीका लागि पत्राचार भइरहेको वर्तमान वडा अध्यक्ष शेष अञ्जारेले जानकारी दिए । तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले उजुरीमाथि छानबिनका लागि न्यायिक समितिमा पठाइएको र समितिको प्रतिवेदनअनुसार व्यक्तिमाथि असुल गरिनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस