२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित 

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ।

सत्तापक्षले नै दर्ता गराएको र आफू समर्थक मात्र रहेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै एमालेले बैठकमा उभिएर विरोध गरेको हो।

एमालेको विरोधपछि बैठक १४ मिनेटका लागि स्थगित भएको हो। एमाले सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री उपस्थित नभए छलफलमा सहभागी नहुने बताएका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारका अन्य मन्त्री उपस्थित भएको र अर्थ मन्त्रालयका कर्मचारीको टिपोटका आधारमा अर्थमन्त्रीले जवाफ दिने बताए पनि एमाले सांसदहरूले भौतिक रूपमा उपस्थित हुनुपर्ने अडान लिएका हुन्।

अध्यक्ष तिमिल्सिनाले मन्त्रीले ढिला आउनुपर्ने बाध्यता बताउनु भएको उल्लेख गरेपनि एमाले सांसदहरू उभिएपछि तिमिल्सिनाले बैठक स्थगित गरेका हुन्।

राष्ट्रिय सभामा मदनकुमारी शाह प्रस्तावक रहेको सुदृढ अर्थतन्त्र निर्माणका लागि नीति निर्माणसम्बन्धी प्रस्ताव माथि छलफल राखिएको थियो।

अर्थमन्त्री प्रकाशशरण महत उपस्थित भएपछि राष्ट्रिय सभाको बैठक फेरि सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस