जहाजमा चरा ठोकिएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास रोक्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जहाजमा चरा ठोकिएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास रोक्का


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । फ्लाइ दुबईको जहाजमा चरा ठोकिएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास रोक्का गरीएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति उडानका क्रममा समस्या देखिएको जहाजसँग चरा ठोकिएको गलत सूचना दिएको भन्दै नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको हो । 

कुनै प्रमाण र अध्ययन विना फ्लाइटमा चरा ठोकिएको र समस्या आएको गलत सूचना सम्प्रेषण गरी भ्रम छरेको प्राधिकरणको भनाइ छ । 

यस्तो गलत सूचना सम्प्रेषण गर्ने फ्लाइ दुबईका कर्मचारीलाई तत्कालका लागि विमानस्थल छिर्न नदिने गरी पास रोक्का गरिएको प्राधिकरणले जनाएको छ । 

सोमबार राति ९:२० बजे काठमाडौँबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो।

सम्बन्धित समाचार : काठमाडौँबाट उड्ने बित्तिकै इन्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरण गर्ने तयारी

एउटा इन्जिनमा समस्या आएपनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो।

सम्बन्धित समाचार : शहरमा हवाईजहाजको गोठालो गर्दैछु : सुदन किराती 

सम्बन्धित समाचार : फ्लाई दुबईको जहाज दुबई विमानस्थलमा सकुशल अवतरण

Tags :
प्रतिक्रिया दिनुहोस