शहरमा हवाईजहाजको गोठालो गर्दैछु : सुदन किराती  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शहरमा हवाईजहाजको गोठालो गर्दैछु : सुदन किराती 


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गएराति फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताएका छन् ।

काठमाडौँबाट उडेलगत्तै फ्लाइ दुबईको विमानबाट विस्फोटको आवाज आएपछि जहाज केहिबेर काठमाडौँ र धादिङको आकाशमा राउण्ड लगाएर आफ्नो गन्तव्य दुबई नै गएको थियो ।

सम्बन्धित समाचार : फ्लाइ दुबई सुरक्षित रूपमा गन्तव्यतर्फ जाँदैछ : पर्यटन मन्त्री किराती 

सम्बन्धित समाचार : काठमाडौँबाट उड्ने बित्तिकै इन्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरण गर्ने तयारी

फ्लाइ दुबईका अनुसार जहाजमा चरा ठोक्किए पनि दुबईमा सकुशल अवतरण गरेको छ ।

तर मन्त्री किरातीले भनेका छन्, ‘ गाउँमा गाई भैँसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाइजहाजको गोठालो गर्दैछु। गाई भैँसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ । आजराति मैले राम्ररी थाहा पाएँ । र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।

मन्त्री किराँतीले नकारात्मक हल्लाको पछि नलाग्न पनि सबैलाई अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस