फ्लाई दुबईको जहाज दुबई विमानस्थलमा सकुशल अवतरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फ्लाई दुबईको जहाज दुबई विमानस्थलमा सकुशल अवतरण


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ ।

सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा काठमाडौँबाट उड्ने बित्तिकै समस्या आएको थियो। फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२:१० मा अवतरण गरेको हो।

काठमाडौँको समयअनुसार ९:२० मिनेटमा उडेको जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो।

तर समस्या समाधान भएपछि उक्त जहाज धार्केबाट पाइलटले गन्तव्यतर्फ फर्काएका थिए। चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस