सचिव सुरेश अधिकारी अवकाश « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सचिव सुरेश अधिकारी अवकाश


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाल सरकारका एक विशिष्ट श्रेणी(सचिव) अनिवार्य अवकाश भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले अनिवार्य अवकाश लिएका हुन् । 

सचिवको पाँच वर्षे सेवा अवधिका कारण उनी वैशाख १७(आज) देखि घर गएका हुन् । उनलाई आज ४ बजे मन्त्रालयले बिदाइ गर्दै छ । 

अधिकारी २०७६ वैशाख १० गते (मंगलबार) सचिवमा बढुवा भएका थिए । 

सम्बन्धित समाचार : सुरेश अधिकारी सचिवमा बढुवा

निजामती सेवामा ३६ वर्ष काम गरेका सचिव अधिकारीले पाँच वर्षे सचिवको कार्यकाल भने कोशी प्रदेश प्रमुख सचिव हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिताए । 

पढाई लेखाइमा रुचि भएका सचिव अधिकारी अवकाशसँगै एक सचिव पद रिक्त भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस