काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीमा रोक लगाएको छ ।
न्यून गुणस्तरको पाइएपछि मार्क फमुलेसन्स प्रालि थानकोटद्धारा उत्पादित एक एन्टिबायोटिक औषधि बिक्रीमा रोक लगाएको हो ।
सो कम्पनीको ब्याच नम्बर टी२२जेके२१ को कफ्जीम नामक सेफिक्सिम ट्याब्लेट बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।
औषधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय पाइएको विभागको भनाई छ । खराबी देखिएको औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र बिक्री वितरण तथा प्रयोग नगर्न सबैमा विभागले सूचित गरेको छ ।