२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूलो दलको हैसियतमा सरकार गठन आह्वान गर्न लुम्बिनी प्रदेश प्रमुखलाई एमालेको पत्र

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशमा एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाउनका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको छ । 

सोमबार बहुमतको सरकारबाट बाहिरिएको एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार पुनः संसदीय दलका नेता लीला गिरी नेतृत्वमा सरकार बनाउने तयारीसहित प्रदेश प्रमुखलाई उक्त आग्रह गरेको हो ।

कामचलाउ मुख्यमन्त्री गिरीले सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनलाई आग्रहपत्र बुझाएका हुन् । विश्वासको मत नपाएपछि सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रूपमा काम गर्न जिम्मेवारी तोकेका थिए । 

सम्बन्धित समाचार : लुम्बिनीको काम चलाऊ मुख्यमन्त्रीमा गिरी नियुक्त

यसलगत्तै सोमबारको मन्त्रिपरिषद् बैठकले धारा ३ अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

एमाले दलका नेता रहेका मुख्यमन्त्रीले धारा ३ अनुसार ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन आह्वान गर्न आग्रह गरिएको बताए । यसअघि दलको कार्यालय देउखुरीमा बसेको एमाले संसदीय दलको बैठकले धारा ३ अनुसार सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताए । चौधरीले आफूहरूले राजीनामा नदिएकाले विश्वासको मत लिँदा फेल भए पनि ठूलो दलको हैसियतमा सरकार गठन प्रक्रियामा जाने सुविधा रहेको बताए । एमालेले नयाँ सरकार गठन गरेर पुनस् एक महिनाभित्र विश्वासको मत लिन नसेकेको अवस्थामा मात्रै अर्को धारामा जानुपर्ने एमालेको दाबी छ । लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो ।

एमाले र राप्रपाबाहेक सबैले विपक्षमा मतदान गरेका थिए । यसअघि ८ दलका ५३ सांसदहरुले काँग्रेस नेता डिल्ली चौधरीलाई धारा २ अनुसार सरकार बनाउन दाबी पेस गरिसकेका छन् । यद्यपि सरकार आलोपालो गर्ने विषयमा ती दलमा अझै कुरा मिलेको छैन ।

प्रदेश प्रमुख कार्यालयले अब नयाँ सरकार गठनका लागि कुन धाराअनुसार आह्वान गर्ने भन्ने खुलाएको छैन । प्रदेश प्रमुखको सचिवालयले प्रदेश प्रमुखले कानुनविद्हरुसँग छलफलमा रहेको जनाएको छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २९, काँग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३, स्वतन्त्र २, जनमोर्चा १, एकीकृत समाजवादी १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस