काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर ह्वात्तै बढाएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा ४६ हजार ६७ मत गणना हुँदा उनले २३ हजार ९६६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराई वाग्लेभन्दा १० हजार १५४ मतले पछि परेका छन् ।
नेकपा ९एमाले०का उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ७९५ मत प्राप्त गरेका छन् ।