२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षयरोगबाट मृत्यु हुने र बिरामीको संख्या बढ्दो, उपकरण प्रयोगविहीन

अ+ अ-

काठमाडौं । वर्षेनी क्षयरोगीका बिरामीको संख्या बढ्दै गएको छ । यसैगरी क्षयरोगबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।
गत वर्ष क्षयरोगी पहिचान २८ हजार ५ सय ८९ भएकोमा यो वर्ष २३.४१ प्रतिशत वृद्धि भई क्षयरोगीको संख्या ३७ हजार ७ सय ७१ पुगेको छ । क्षयरोगीको मृत्यु संख्या गत वर्ष ९ सय रहेकोमा यो वर्ष १ हजार २२ पुगेको छ । गत वर्ष बाल क्षयरोगी पहिचान १ हजार ९ सय २ रहेकोमा यो वर्ष १ हजार ३ सय ९५ ले वृद्धि भएको देखिन्छ ।

वर्षेनी क्षयरोगका कारण बिरामी हुने र मृत्यु हुनेको संख्या बढ्दै गए पनि क्षयरोग सेवाका लागि ल्याइएका उपकरणहरू भने प्रयोगविहीन अवस्थामा छन् । राष्ट्रिय क्षयरोग केन्द्रले सेवा प्रभावकारी बनाउन खरिद गरेका ८ प्रकारका मेसिन तथा उपकरण प्रयोगविहीन अवस्थामा रहेका पाइएको हो । केन्द्रमा रु. ७० लाख मूल्यको कल्चर मेसिन १ थान, रु. २२ लाख ५० हजार मूल्यको एन।के।एनलाइजर १ थान, रु.८ लाख मूल्यको अटोक्लेभ २ थान, रु. ३ लाख मूल्यको सेल्ट्रीफ्युज १ थान समेत परल मूल्य रु. ४९ लाख ५० हजारका ८ प्रकारका मेसिन तथा उपकरण प्रयोगविहीन अवस्था रहेको महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख छ ।

गत वर्षको तुलनामा क्षयरोगबाट मृत्यु हुने र बिरामीको संख्या बढ्दै गएकोले नियन्त्रण गर्न प्रभावकारी तवरले कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । केन्द्रको सेवा प्रभावकारी बनाउन आवश्यक पर्ने उपकरण तथा मेसिन दुरुस्त अवस्थामा राख्नु पर्ने र केन्द्रले विगतमा खरिद गरेका मेसिन तथा उपकरण उपयोगमा ल्याउने व्यवस्था मिलाउनु पर्ने प्रतिवेदनमा औँल्याइएको छ । केन्द्रले क्षयरोग नियन्त्रणका लागि यो वर्ष रु. ८४ करोड ४१ लाख ६३ हजार बजेट व्यवस्था भएकोमा रु. ६३ करोड ६५ लाख ६६ हजार खर्च गरेको छ ।

त्यसो त कमिसनकै लागि मेसिन खरिद गर्ने र कतिपय उपकरणहरु जोड्दै नजोडी त्यसै थन्क्याएको भन्ने स्वास्थ्यमाथि लाग्दै आएको आरोप धेरै हदसम्म सत्य सावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस