१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा हिउँ चितुवा

अ+ अ-

काठमाडौँ । नेपालले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको अवस्था सार्वजनिक गरेको छ ।

व्यवस्थित क्यामेरा ट्र्याप सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरमा दुई दशमलव दुई हिउँ चितुवाको सङ्ख्या घनत्वका साथ निकुञ्जमा ९० हिउँ चितुवाको अनुमानित सङ्ख्या रहेको पत्ता लगाएको छ ।

नेपाल सरकारको नेतृत्वमा र स्थानीय आदिवासी समुदाय, वैज्ञानिक, युवा संरक्षणवादी र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)सँगको साझेदारीमा उक्त सर्वेक्षण गरिएको हो । संरक्षण साझेदार डब्लूडब्लूएफ नेपालको आर्थिक र प्राविधिक सहयोगमा निकुञ्जले यो सर्वेक्षणको नेतृत्व गरेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.महेश्वर ढकालले यो उपलब्धि सबैका लागि गर्वको विषय भएको बताउँदै यसले देशमा हिउँ चितुवाको सङ्ख्या अनुमान गर्ने मञ्च निर्माण गरेको उल्लेख गरे ।

लोपोन्मुख अवस्थामा रहेको हिउँ चितुवा स्वस्थ हिमाली इकोसिस्टमको सूचक हो । हिउँ चितुवाहरूले हाल वन्यजन्तु अपराध, प्रतिरोधात्मक हत्या, र जलवायु परिवर्तनको प्रभावबाट वासस्थानमा खतराको सामना गर्नुपरेको छ ।

यस निकुञ्जमा वैज्ञानिक सर्वेक्षण गरिएको यो पहिलो पटक हो । डब्लूडब्लूएफ नेपालका देशीय प्रतिनिधि डा घनश्याम गुरुङले स्थानीय समुदाय र हिउँ चितुवा यस क्षेत्रमा सँगै फस्टाउन सुनिश्चित गर्नका लागि समग्र संरक्षण प्रयास जारी राख्न आवश्यक रहेको बताए ।

‘ग्लोबल स्नो चितुवा र इकोसिस्टम प्रोटेक्सन प्रोग्राम’को प्राथमिकताहरू अनुरूप, नेपालले हाल पश्चिमी हिउँ चितुवा ल्यान्डस्केपका लागि ‘जलवायु–स्मार्ट स्नो लियोपार्ड र इकोसिस्टम व्यवस्थापन योजना’ ९२०१७–२०२६० को विकासमा काम गरिरहेको छ ।

वन्यजन्तु अपराधविरुद्ध सुधारिएको सुरक्षा, पशु बीमा र राहत योजनाहरू र समुदायको सुधारिएको जीविकोपार्जनलगायत सबै समग्र दृष्टिकोणका कारण हिउँ चितुवा संरक्षणमा यो उपलब्धि भएको बताइएको छ । यस क्षेत्रका उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न विश्वव्यापी रूपमा हिउँ चितुवाको दिगो भविष्य सुरक्षित गर्न नेपाल सरकारको नेतृत्वमा प्रयासहरू जारी छन् ।

प्रतिक्रिया दिनुहोस