२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाखदेखि मासिक रूपमा ‘बक्स अफिस’ विवरण गरिने

अ+ अ-

काठमाडौँ । नेपालभर चलचित्र प्रदर्शन भएबापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली(ई-टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ।

विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरु नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए। चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क निर्माता तथा वितरकले थाहा पाउँछन्।

यो प्रणाली जडान भएको तीन वर्ष पूरा भइसक्दा पनि यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ। बोर्डले २०७९ सालमा प्रदर्शन भएका १३५ मध्ये १३२ चलचित्रको कूल व्यापार सार्वजनिक गरेपछि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ को सार्वजनिक भएको विवरणलाई लिएर निर्माण समूहले आपत्ति जनाएको छ।

गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएवापत् रु १६ करोड ९४ लाख ३४ हजार ६३४ कूल व्यापार गरेको छ।

प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ। चलचित्रका लेखक तथा निर्मातासँगै कलाकार रहेका दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भएको विवरण ठीक नभएको प्रतिक्रिया दिए।

चलचित्रका अर्का निर्माता निर्मल शर्माले पनि बोर्डको सार्वजनिक विवरण कम देखिएको जानकारी दिए।

‘हामी छलफल गरेर यसबारे जानकारी दिने तयारीमा छौँ। यद्यपि बोर्डले सार्वजनिक गरेको विवरणमा निकै फरक परेको छ। यसबारे आधिकारिक धारणा नै सार्वजनिक गर्छौँ’, निर्माता शर्माले भने।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्स अफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए।

‘सबै चलचित्र भवनमा बक्स अफिस प्रणाली जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ। केहीले नियतवश पनि गरिरहेका हुन्छन्। तर बोर्डले यसमा अनुगमन बढाएको छ’, अधिकृत पाण्डेले भने, ‘हामीसँग रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका हौँ।’

यसैबीच बोर्डका अध्यक्ष भुवन केसीले व्यापारबारे फैलिने भ्रम हटाउन वैशाखदेखि मासिक रूपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने जानकारी दिए।

‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाटै निर्देशन भएपछि वार्षिक विवरण बाहिर ल्याएका हौँ। अब मासिक रूपमा ल्याउने छौँ’,अध्यक्ष केसीले भने।

मासिक रूपमै विवरण सार्वजनिक हुँदा व्यापारलाई लिएर भ्रम सिर्जना नहुने उनको विश्वास छ।

प्रतिक्रिया दिनुहोस