काठमाडौँ । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएको छ ।
एक्सरे गर्दा धनगढीका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा रक्सीको बोतल देखिएको हो ।
प्रादेशिक अस्पतालका अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।
उनकाअनुसार केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोटल भेटिएको थियो ।