२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोककथा संकलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

अ+ अ-

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथाहरूको सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ ।

विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशन कार्य भइरहेको बताए । ‘यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्य अघि बढाउने योजना छ’, उपकुलपति जोशीले भने, ‘लोककथा सङ्कलनसँगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाडि बढाएको छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा. हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका लोककथा प्रकाशन गर्न लागेको बताए । ‘सौका, भोटे, राउटे, मगर र रानाथारू र डगौराथारूका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्’, निर्देशक भट्टले भने, ‘हामीले सबै कथा स्थानीय भाषा र नेपाली भाषा दुवैमा प्रकाशन गरिरहेका छौँ ।’

उनले रानाथारूको लोककथा रानाथारू भाषामा, मगरका कथा मगर भाषामा प्रकाशन हुने बताए । ‘दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत यहाँका नौ जिल्लाका लोककथा स्थानीय भाषा र नेपाली दुवै भाषामा प्रकाशन हुनेछन्’, उनले भने, ‘हाम्रो धर्म, संस्कृति रीतिरिवाज हिजो हाम्रो समाज कस्तो थियो कथाका माध्यमबाट के सन्देश दिन खोजेको त्यसको जानकारी मिल्छ ।’ उनले सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्त्वको समेत अध्ययन गर्न लागेको जानकारी दिए ।

सुदूरपश्चिमका अग्रज साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन अत्यन्तै सकारात्मक रहेको बताए । ‘लोकथामा लोक जीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाई चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितको जनश्रुति निहित हुन्छन्’, लेखकले भने, ‘यसले लोक जीवनलाई बुझ्न सहजता हुन्छ ।’ सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धानलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस