२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य : बाबुराम भट्टराई

अ+ अ-

भजनी । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताएका छन् ।

आज कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले कर्णाली चिसापानी पर्यटकहरूका लागि आकर्षणको गन्तव्यका रूपमा रहेको बताए ।

‘सुदूरपश्चिमका लागि हिँडेका जुनसुकै व्यक्ति चिसापानी पुग्छ । चिसापानी पुल, कर्णाली नदीको र्याफ्टिङ, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको मूल नहर निकै रमणीय छन्’, उनले भने, ‘पर्यटकका लागि चिसापानी एक प्याकेज नै हो । पहाडबाट तराई झर्दा र तराईबाट पहाड चढ्दा पनि कर्णालीको जम्काभेटले थप महत्त्व दर्साउँछ । जसबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावनाहरू पनि छन् ।’

उनले कर्णाली चिसापानीलाई राज्यले पर्यटन क्षेत्रको विकास हुने गरी लगानी गर्नुपर्नेमा जोड दिए । कर्णाली नदीमा र्‍याफ्टिङपश्चात् राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अवलोकन तथा अनुगमन कार्यक्रममा उनले आयोजना निर्माणपश्चात् कैलालीको पूर्वी क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘सिँचाइ आयोजना पूरा भएपछि यस क्षेत्रका हजारौँ किसानले सहज सिँचाइ सुविधा पाउनाका साथै रोजगारीका अवसरलाई स्थापित गर्नेछ ।’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘कृषि मात्रै नभई विद्युत् पनि उत्पादन हुने भएको हुँदा त्यसले टीकापुरलगायत आसपासका क्षेत्रका नागरिकको आर्थिक उपार्जनमा टेवा पुग्नाका साथै अन्य सम्भावनालाई पनि स्थापित गर्नेछ ।’

उनले आयोजनाको कामलाई तदारुकताका साथ तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम गर्न आयोजना कार्यालयलाई निर्देशनसमेत दिए ।

पूर्व प्रधानमन्त्री भट्टराईले आयोजनाको काम समयावधिमा सम्पन्न हुने स्थिति नरहेको भन्ने जानकारी आएको बताउँदै निर्माण कम्पनीलाई कडाइका साथ काममा लगाउन निर्देशन दिए ।

‘यो आयोजना सिँचाइका लागि मात्रै नभई बाढी र डुबान कम गर्नका लागि पनि महत्त्वपूर्ण छ । आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न भएको अवस्थामा स्थानीयवासीको अन्नबाली मात्रै नभई वर्षौँको त्रास पनि समाप्त हुनेछ’, उनले भने, ‘रानी जमरा कुलरिया सिँचाइ आयोजना मात्रै नभई देशभरका सबै राष्ट्रिय गौरवको आयोजनाको काम सन्तुष्ट हुने गरी हुन सकेको छैन । त्यसमा निर्माण कम्पनी र आयोजना कार्यालय बढी जिम्मेवार हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस