काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियता र स्वाधीनता अत्यन्त कमजोर भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै ओलीले अहिले नेपालको राजनीति छताछुल्ल र भताभुङ्ग अवस्थामा रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘जहाँ राजनीति छताछुल्ल र भताभुङ्ग छ । अविश्वासको चक्र बढ्दो छ, राजनीतिप्रति र सरकारप्रति । विश्वसनीयताको प्यारा मिटर तल झरेको झर्यै छ । तर मान्छेको सरम पचाउने क्षमता पनि वृद्धि भएको देखिन्छ । समाज अधोगति र देशको अर्थतन्त्र बिग्रेको बिग्रै छ । सरकार मौन छ किनभने यसमा बोल्यो भने सत्ता धरापमा पर्न सक्छ । देशको पक्षमा बोल्दा सरकार, पद खतरामा पर्छ भनेर राष्ट्रको पक्षमा बोल्न सकिँदैन भने त्यो सरकार भन्न लायक नै छैन ।’
ओलीले नेपालको जमिनका बारेमा सरकारलाई बोल्न आग्रह गर्दै आफूले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा जान लागेको सुनेको भन्दै किन जाँदै हुनुहुन्छ भनेर प्रश्न समेत गरेका छन् ।
उनले भने, ‘के गर्न जाँदै हुनुहुन्छ । आफ्नो जमिनको दाबेदारी गर्न जानुहुन्छ कि ताबेदारी ? के गर्न ?’