गुल्मी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुङ्गा र रुरु क्षेत्रको भ्रमण गरेका छन् ।
सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रममा आएका ओलीले मङ्गलवार रेसुङ्गा क्षेत्रको भ्रमण गरेका हुन् ।
रेसुङ्गा क्षेत्रमा ओलीसँगै उनकी पत्नी राधिका शाक्य, एमाले नेताहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट पनि रेसुङ्गा पुगेका थिए ।