काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् ।
शनिबार ललितपुर चेम्बर अफ कमर्सले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए ।
उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए।
‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन। गम्भीर नै छ। तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ। सरकारको तर्फबाट मैले तपाईँहरूलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ,’ उनले भने, ‘एक-दुई भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ। त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरू पनि गरेर एउटा दिशामा प्रभावकारी ढङ्गले कदम चाल्ने गरी अगाडि बढनेछौं।’