२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव पुष्करलाई विद्यावारिधि

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले त्रिभुवन विश्व विद्यालयबाट विद्यावारिधि गरेका छन् । उनले ‘द्वन्द्व, शान्ति र विकास अध्ययन’ विषयमा विद्यावारिधि गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा रोजगारदाता र कामदारबिच हुने द्वन्द्वबारे गरिएको अध्ययनमा द्वन्द्व व्यवस्थापनमा कूटनीतिक नियोगहरूको भूमिकाबारेसमेत गहन रूपमा उल्लेख गरिएको छ । 

मुख्यगरी सरकार-सरकार बिचको सम्झौताबाट जाने कोरिया र निजी कम्पनीबाट जाने कतारमा कार्यरत कामदारहरू बिचको द्वन्द्वबारे अध्ययन केन्द्रित छ । 

राजदूत, पूवराजदुत, श्रम सहचारी र पूर्व श्रम सहचारी, दूतावासका कर्मचारी, एनआरएन, कोरिया र कतारका रोजगारदाता र त्यहाँस्थित नेपाली कामदारहरूसँगै ती देशहरूमा जान इच्छुक नेपाली नागरिकहरूसँगको कुराकानी तथा छलफल आदिबाट प्राप्त तत्थ्य, सूचना तथा तथ्याङ्कलाई अध्ययनको आधार मानिएको छ । 

निजी र सरकारी दुवै तवरबाट रोजगारीमा जाने नेपाली कामदारहरूबिचमा द्वन्द्व रहेको र विदेशस्थित दूतावासहरूबाट हुनुपर्ने जति सहयोग पुग्न नसकेको उल्लेख गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित सँगसँगै विदेशस्थित कूटनीतिक नियोगहरूको सबलीकरण आवश्यक रहेको अध्ययनको निष्कर्ष रहेको छ । 

अध्ययनले श्रमिक गन्तव्य रहेका मुलुकस्थित नेपाली दूतावासहरूको सबलीकरण गर्न सहयोग पुर्‍याउनुका साथै वैदेशिक रोजगार सम्बन्धी समग्र व्यवस्थापकीय प्रणालीको पुनर्संरचना र श्रमिक आप्रवासी सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूको प्रभावकारी कार्यान्वयनमा सरकारलाई सघाउ पुर्‍याउने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस