८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिका महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा कांग्रेसका शाही निर्वाचित

अ+ अ-

काठमाडौँ । कैलालीको बर्दगोरियामा सम्पन्न भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

दलीय भागबण्डा अनुसार कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित ७, नेकपा एमाले ४, नेकपा माओवादी केन्द्र ३ र नागरिक उन्मुक्ति पार्टीले १ सदस्य पाएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको विधान बमोजिम अध्यक्ष, उपाध्यक्ष, सहित ५ जना सदस्य नेपाली कांग्रेसको भाग परेपछि के आई सिंह गाउँपालिका डोटीका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा खप्तड छान्ना गाउँपालिका बझाङका अध्यक्ष उत्तम बहादुर रोकाया निर्वाचित भएका छन् । नृप खडका, भगवती चौधरी, विष्णु देवी नाथ, जगत सिंह ठगुन्ना र मञ्जु महरा सदस्यमा निर्वाचित भएका छन् ।

सचिव र सह सचिव नेकपा एमालेको भागमा परेको थियो । गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाय सचिवमा निर्वाचित भएका छन् । तुर्माखाद गाउँपालिका अछामका अध्यक्ष डम्बर बहादुर बि सी सह सचिवमा निर्वाचित भएका हुन् ।

एमालेले सचिव, सह सचिव र अन्य दुई जना डोल्मा तामाङ र माधवी जोशी सदस्यमा निर्वाचित भएका हुन । यस्तै कोषाध्यक्ष भाग परेको नेकपा माओवादी केन्द्रका मार्मा गाउँपालिका अध्यक्ष जमान सिंह धामी निर्वाचित भएका छन् ।

माओवादी केन्द्रले कोषाध्यक्ष सहित २ सदस्य पाएको थियो । सदस्यहरूमा वसन्त बहादुर चलाउने र मैना रावल निर्वाचित भएका हुन् ।

यसै गरी नागरिक उन्मुक्ति बाट जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया सदस्यमा निर्वाचित भएकी हुन् ।

समितिको कार्यकाल पाँच वर्ष रहनेछ ।

प्रतिक्रिया दिनुहोस