२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमन्त्री रेखा शर्मा भारत भ्रमणमा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन्।

मन्त्री शर्माले बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भारत भ्रमणमा गएकी हुन् ।

मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटीयू)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ। नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ। सो कार्यक्रममा विभिन्न देशका सन्चारमन्त्रीहरुलाई निम्तो दिइएको छ।

त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरू सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुने कार्यक्रम छ।

बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। साथै भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि उनी सहभागी हुने मन्त्री शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए।

मन्त्री शर्माका साथ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकमका प्रबन्धक विमल आचार्य भारत भ्रमणमा गएका छन्। मन्त्री शर्मा शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस