२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हामीलाई असफल हुने छुट छैन : डोलप्रसाद अर्याल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अब पनि राजनीतिक पार्टी असफल भए युवाको आशा र भरोसा गुम्न सक्ने परिस्थिति आउने उल्लेख गरे ।

उनले भने, ‘हामीले जनविश्वासलाई टुट्न नदिने प्रण गर्नुपर्छ किन कि मुलुक र जनताको अवस्था परिवर्तन गर्ने दृढ इच्छा शक्ति बोकेर हामी राजनीतिमा प्रवेश गरेका हौँ । हामीलाई असफल हुने छुट छैन । अत्यन्त ढिलो भइसकेको छ, हामीलाई अब पनि थप समय लिने छुट पनि छैन ।’

यसअघिको सम्झौताअनुसार न्यूनतम साझा कार्यक्रमले निरन्तरता पाउने आशाका साथ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउँदै उपसभापति अर्यालले आगामी दिनमा पनि सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध हुने उल्लेख गरे ।

उनले भने, ‘हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठिक हो भन्ने कबुलियतनामा होइन । नागरिकका मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौँ ।’

सदन चलेको दिनलाई उत्सवकारुपमा लिने वातावरण बनाउन आवश्यक रहेको बताउँदै उनले संसद्मा छलफल हुने विषयप्रति जनतालाई उत्सुकता र जानकार बनाउन बनाउन सक्नुपर्छ भने ।

प्रतिक्रिया दिनुहोस