काठमाडौँ । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको आज (सोमबार बिदाइ गरिएको छ ।
शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रमसँगै पुनको बिदाइ गरिएको हो ।
पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए । पुन उपराष्ट्रपतिको निवास छाडेर निजी निवासमा सरिसकेका छन् ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।