२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मादी नदी नियन्त्रण : पहिलो ‘प्याकेज’को काम सुरु

अ+ अ-

कास्की । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ ।

अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका-६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको ग्याबिन वालसहितको बाँध निर्माण थालिएको हो ।

नदी नियन्त्रण कार्यका लागि दुई प्याकेजमा २८ करोड लागत अनुमान रहेकामा प्रदेश सरकारको १७ करोड विनियोजन गरेपछि निर्माण थालिएको हो ।

उक्त कार्यका लागि कम्पनी सिद्धान्त अमनले ठेक्का सम्झौता गरी काम सुरु गरेको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए ।

दोस्रो प्याकेज अन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरिनेछ । दोस्रो प्याकेजको निर्माण कार्य पनि छिट्टै सुरु गर्ने गरी एमआर ग्रुपले ठेक्का सम्झौता गरेको उनले बताए ।

त्यसैगरी, गत वर्ष मादी नदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादीनदी किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको छ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास–३ स्थित मादीपुलदेखि मादी नदी किनारमा करिब दुई सय ५२ मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरेको हो ।

यस आवको असार मसान्तभित्र सम्पन्न गर्ने गरी गत वर्ष एमआर ग्रुप चितवनले निर्माणको जिम्मा पाएको हो । गण्डकी प्रदेश सरकारले दुई करोड ५० लाख बजेट विनियोजन गरेपछि निर्माण कार्य भइरहेको छ ।

निर्माण अन्तिम चरणमा पुग्दा पनि बजेट निकासामा ढिलाइ हुँदा हालसम्म २० लाख मात्रै भुक्तानी गर्न सकिएको उनले बताए । समुन्द्री सतहबाट चार मिटर उचाइको ‘ग्याबिन वाल’ लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस