काठमाडौँ । सालको अवैध काठ राखेको आरोपमा फर्निचर उद्योग सञ्चालक गोरखाबाट पक्राउ परेका छन् । आशिष फर्निचर उद्योग सञ्चालक गोरखा नगरपालिका-३ नारेश्वर चिसापानी घर भएका आशकुमार सुनार पक्राउ परेका हुन्
प्रहरीका अनुसार उनको फर्निचरबाट ४९ थान सालको गोलिया काठ र १ सय १९ थान चिरान काठ बरामद गरिएको छ । उनको फर्निचर उद्योगमा खानतलासी गर्दा अवैध रूपमा राखेको सालको काठ फेला परेको प्रहरीको दाबी छ । सुनारलाई प्रहरीले अनुसन्धानका लागि डिभिजन वन कार्यालय पठाएको छ ।