२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा ३७ जना स्वास्थ्य स्वयंसेविकालाई आधारभूत तालिम

अ+ अ-

डोटी । डोटीमा ३७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत तालिम दिइएको छ ।

सेवाग्राहीको घरदैलोमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले बोगटान फुड्सिल गाउँपालिका र बडीकेदार गाउँपालिकाका ३७ जना महिला स्वास्थ्य स्वयंम सेविकाहरूलाई दश दिने आधारभूत तालिम दिइएको स्वास्थ्य कार्यालय डोटीका कार्यक्रम संयोजक सूर्य बहादुर विष्टले बताए ।

उनले भने समुदाय स्तरमा प्रत्यक्ष रूपमा काम गर्ने भनेका महिला स्वयंसेविका हुन त्यसैले उनीहरूलाई स्वास्थ्य सम्बन्धीको आधारभूत जानकारी हुनुपर्छ, । सधैँको वर्ष जस्तै यस वर्ष पनि नयाँ स्वयंसेविकाहरुलाई तालिम दिइएको बताए ।

नयाँ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायस्तरमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले आधारभूत तालिमको आयोजना गरेको स्वास्थ्य कार्यालय स्वयंसेविकाहरुलाई आधारभूत ज्ञान दिने उद्देश्यले आयोजना गरेको तालिममा विभिन्न विषय वस्तुहरूको बारेमा जानकारी गराइएको बोगटान फुड्सिल गाउँपालिका ६ गगुडा स्वास्थ्य चौकीका सिनियर अहेब शिशिर बोगटीले बताए ।

गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य कार्यालयले बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ६ गगुडा, वडा नम्बर १ सिमचौर र बडीकेदार गाउँपालिकाको वडा नम्बर ३ घागलमा तालिमको आयोजना गरेको थियो ।

दुवै पालिकामा सञ्चालन भएको तालिममा महिला स्वास्थ्य स्वयंसेविकाहरुले समुदाय स्तरमा गर्नु पर्ने मुख्य काम खोप, नवजात शिशु तथा सुरक्षित मातृत्व, बाल रोगको उपचार तथा रोकथाम, आमा समूह सञ्चालन, स्वास्थ्य सम्बन्धी परामर्श र अभिलेखीकरण तथा प्रतिवेदन सम्बन्धी लगायतका विषय वस्तुहरूको बारेमा जानकारी गराइएको आयोजकले जनाएको छ ।

दश दिन सञ्चालन भएको तालिममा बोगटान फुड्सिल गाउँपालिका भरिका २७ जना र बडीकेदार गाउँपालिका भरिका १० जना महिला स्वास्थ्य स्वयंम सेविकाहरूको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण पालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत जनस्वास्थ्य निरीक्षक र सिनियर अहेबहरुले गरेका थिए । तालिम फागुन १४ गते देखि २३ गते सम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस