सल्यान । सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ। जिल्लाको कालीमाटी गाउँपालिका–४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन् ।
मङ्गलवार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।