२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को सुर्खेतमा सम्पन्न साधारण सभाले पाँच जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

क्यानका केन्द्रीय सदस्यहरू सञ्जयराज सिंह, दाउद अन्सारी, ऋषिराम गौतम, अमित वीर पाण्डे र करण महतरा क्षेत्रीलाई स्पष्टीकरण सोध्ने साधारण सभाले निर्णय गरेको हो।

उनीहरूलाई विधानविपरित सङ्घको विरुद्धमा पत्रकार सम्मेलन गरेको र साधारण सभामा अनुपस्थित भएको आरोप लगाइएको छ।

यसअघि पाँच केन्द्रीय सदस्यसहित राखेपबाट प्रतिनिधि भएर केन्द्रीय सदस्य बनेका छुम्बी लामा र धर्मराज गिरीले नेपाल टी-२० लिग भारतीय कम्पनीलाई दिएर क्यानले ऐनविपरित काम गरेको भन्दै अध्यक्ष चतुर बहादुर चन्दसहित तत्कालीन कार्यवाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यद्वय दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका थिए।

साथै कार्यवाहक सचिव नियुक्ति प्रक्रिया विधान विपरीत भएको र टी-२० लिगमा भएको स्पट फिक्सिङमा क्यान नेतृत्व पनि दोषी रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद्मा कारबाहीका लागि निवेदन दिएका थिए।

साधारण सभाले पाँच जना केन्द्रीय सदस्यबाट चित्त बुझ्दो जवाफ नआए निलम्बन गर्न केन्द्रीय समितिलाई अधिकार दिएको छ।

यस्तै क्यानले खेलकुद परिषद्मा दिएको निवेदनमा समर्थन गरेको भन्दै बागमती प्रदेश क्रिकेट सङ्घका अध्यक्ष राजु बस्नेतलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

साधारण सभाले आगामी साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन पनि केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

नेपाल टी-२० लिगको आयोजनाका लागि सम्झौता भएको भारतीय कम्पनी सेभेन थ्री प्रालिका प्रमुख जतिन अहुवालिया नै फिक्सिङम सङ्लन रहेको भन्दै सम्झौता रद्द गर्ने निर्णय भएको छ। साथै क्यानलाई सेभेन थ्रीले दिनु पर्ने रकम प्राप्त गर्नका लागि कानुनी प्रक्रिया अघि बढाउने पनि साधारण सभाले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस