२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको छ : मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताएकी छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभीटी) को ३५ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताइन् ।

मन्त्री शर्माले भनिन्, ‘देशलाई सीपयुक्त जनशक्ति आवश्यक छ, त्यसैले सरकारले बजेटमा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ, सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको छ ।’ हातमा सीप भएका जनशक्ति नेपालमा धेरै रहेको चर्चा गर्दै उनले पढाइलाई मात्रै नभई अनौपचारिक शिक्षाका रूपमा हातमा सीप भएका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

उनले देशका सबै युवालाई हातमा सीप दिएर दक्ष जनशक्ति बनाएर रोजगारी सिर्जना गर्नुपर्ने औँल्याइन्। अन्य विषय पढ्न नसक्ने मात्रै प्राविधिक शिक्षा पढ्न सिटीइभीटी आउँछन् भन्ने भ्रम रहेकाले त्यो भ्रमलाई चिर्नु आवश्यक रहेको मन्त्री शर्माले बताइन् ।
अब नेपालको शिक्षामा पढ्दै कमाउँदै भन्ने नीतिलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले भनिन्, ‘नेपालको शिक्षा महँगो हुँदै गएको छ, त्यसैले सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको छ, त्यसलाई व्यवहारमा ल्याउनुपर्‍यो ।’

सिटीइभीटीबाट एउटै विद्यालयमा प्राविधिक शिक्षाका १० वटा कार्यक्रम लैजाने प्रतिस्पर्धा चलेको भन्दै उनले त्यसरी धेरै कार्यक्रम एउटै विद्यालयले लैजानुभन्दा थोरै कार्यक्रम लैजाने र गुणात्मक शिक्षा दिनुपर्ने बताइन् । सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको जनाउँदै देश सङ्घीयतामा गए पनि शिक्षा ऐन भने पुरानै भएकाले छिट्टै शिक्षा ऐन ल्याउन सरकार लागेको उनले बताइन् ।

नेपालको जनशक्ति धमाधम बाहिरिँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले नेपालमै बसेर पनि आम्दानी गर्न सक्ने भएकाले शिक्षाका अगुवाले विदेशिनुको कारण खोज्नुपर्ने बताइन् । कर्मचारीलाई उनले अधिकार पनि खोजौँ तर आफ्नो कर्तव्यलाई नभुलौँ भन्दै कर्मचारीले आफ्नो कर्तव्यलाई सधैँ निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्राविधिक शिक्षाका विकास एवं विस्तारका लागि सरकार लागिरहेको बताए । कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा सङ्गीता सिंहलगायतले प्राविधिक शिक्षालाई ग्रामीण क्षेत्रका विद्यार्थीको पहुँचसम्म पुर्‍याउनुपर्नेमा जोड दिए । सिटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले सिटीइभीटीका कार्यक्रम, बजेट, नीति तथा प्रगतिका बारेमा विवरण पेश गरेका थिए ।

सिटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले सिटीइभीटीको आवश्यकता र राज्यको योगदानका बारेमा चर्चा गरेका थिए । त्यसअवसरमा कार्यालयका उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस