२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरका ८ ठाउँमा जडान हुँदैछ ट्राफिक लाइट

अ+ अ-

काठमाडौँ । विराटनगर महानगरपालिका क्षेत्रको सडकमा ट्राफिक लाइट जडान प्रक्रिया सुरू भएको छ।

मुख्य राजमार्ग र बजार क्षेत्रका ८ स्थानमा लाइट जडानको तयारी भएको हो।

६ लेन सडक आयोजना इटहरीले विराटनगरमा ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढाएको हो।

यसअघि प्रदेश नम्बर १ सरकारले इटहरीको मुख्य चोकमा गत वर्ष ट्राफिक लाइट जडान गरेको थियो।

प्रदेशको राजधानी सहर विराटनगरमा भने अहिलेसम्म ट्राफिक लाइटको प्रबन्ध भएको थिएन। भारतसितको सीमावर्ती औद्योगिक नगर विराटनगरमा सडक अधिक भीडभाडयुक्त र व्यस्त रहँदै आएको छ।

‘ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यका साथ विराटनगरका मुख्य राजमार्ग र बजार क्षेत्रका आठ ठाउँमा ट्राफिक लाइट जडान गरिने भएको हो’, मोरङ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले भने, ‘विराटनगर महानगरले पनि लाइट जडान गर्दैछ। यसले व्यवस्थापनमा सहयोग हुनेछ।’

कार्कीका अनुसार मुख्य राजमार्गको रोडशेष चोकदेखि राजवंशी चोककसम्मको क्षेत्रमा पाँच ठाउँमा ट्राफिक लाइट जडान हुनेछ। ती स्थानमा ६ लेन सडक आयोजना इटहरीले लाइट जडान गर्नेछ।

बजार क्षेत्रका तीन स्थानमा महानगरले लाइट जडान गर्नेछ। ट्राफिक चोकदेखि तीनपैनीसम्म तीन ठाउँमा महानगरले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ।

बजार क्षेत्रको यो खण्ड ज्यादै भीड हुने गरेको छ। ६ लेन सडक आयोजनाले मुख्य राजमार्गअन्तर्गत रोडशेष, घाँसचोक, बरगाछी, कञ्चनबारी र राजवंशी चोकमा ट्राफिक लाइट जडान गर्नेछ भने महानगरले जलजला चोक, तीनपैनी र अर्को ट्राफिक चोक वा अस्पताल चोकमध्ये एक ठाउँमा जडान हुनेछ।

तत्कालको आवश्यकता ट्राफिक चोक भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने माग गरिएको ट्राफिक प्रमुख कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस