काठमाडौँ । ‘काठमाडौँ भ्यु टावर’ निर्माण गरिरहेका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । उनी इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक हुन् ।
भेटवालविरुद्ध चेक बाउन्स सम्बन्धी उजुरी परेपछि पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
भेटवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताए ।