२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानमा ग्यास सिलिण्डर विस्फोट, ८ जना घाइते

अ+ अ-

मोरङ । सुनसरीको धरान उपमहानगरपालिकामा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान-१७ स्थित सविता राईको घरमा ग्यास मर्मत गर्ने क्रममा विस्फोट भएको हो।

सोमबार ग्यास चुहावट भएपछि ग्यास मर्मत गर्ने व्यक्ति बोलाएर बनाउने क्रममा विस्फोट भएको प्रहरीको भनाइ छ। घाइतेहरूको उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।

प्रतिष्ठानका रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्माका अनुसार उपचारका लागि भर्ना भएका ८ जनामध्ये चार जनालाई काठमाडौँ पठाइएको छ। गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको र दुई जना विराटनगर हुँदै विमानमार्फत काठमाडौँ गएको प्रतिष्ठानले जनाएको छ। दुई जना डिस्चार्ज भएका छन्।

घटनापश्चात् घाइतेको अवस्था बुझ्न सोमबार बेलुका प्रतिष्ठान पुगेका प्रदेशसभा सदस्य विजयकुमार राईले ग्यास कम्पनीको नियमन र अनुगमनमा जोड दिएका छन्। ग्यास कम्पनीहरूको काम कारबाही मापदण्डभित्र भएर नभएको सन्दर्भमा सरकार आफैले सूक्ष्म ढङ्गबाट अनुगमन गर्ने र मापदण्ड बाहिरका कम्पनीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए।

सोमबार अपराह्न करिब पौने ५ बजेतिर घटना भएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार घाइते हुनेमा २७ वर्षीया सविता राई, ६५ वर्षीया रामकुमारी राई, १० वर्षीय सुमिहाङ राई, ८ वर्षीय साङ्केन राई घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार चुहावट भएको ग्यास मर्मतका लागि पुगेका प्राविधिक धरान ११ का १९ वर्षीय अनिश कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का रहेका छन्।

प्रतिक्रिया दिनुहोस