२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१७ हजार सहकारी सहकारी सूचना प्रणालीमा आबद्ध

अ+ अ-

काठमाडौँ । सहकारी विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म १७ हजार ४४७ सहकारी संस्थाहरू सहकारी सूचना प्रणाली (कोपोमिस) मा आबद्ध भएका छन् ।

सहकारी संस्थाको दर्तादेखि कारोबारसम्मको तथ्याङ्क राख्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६ वर्ष अघि (वि.स. २०७३) मा नै करोडौँ खर्च गरेर अनलाइन सूचना प्रणाली, कोपोमिस बनाएपनि हालसम्म २१ प्रतिशत मात्र सहकारी संस्थाहरू उक्त सफ्टवेयरमा आबद्ध भएका हुन् ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २ हजार ७८१ संस्थाहरूबाट कुल १३ लाख ८० हजार ८२३ जना सदस्यहरू कोपोमिसमा आबद्ध भएका थिए । तर, चालु आर्थिक वर्षमा ४३.८८ प्रतिशतले वृद्धि हुँदै संस्थागत आबद्धता सङ्ख्या ६ हजार ३३८ पुगेको हो । कुल २७ लाख ५६ हजार २६७ जना कोपोमिसको दायरामा आएको विभागले जनाएको छ ।

यद्यपि, माघ मसान्तसम्म २९ हजार ९०२ जना सदस्यलाई कोपोमिसको युजर पासवर्ड प्रदान गरिएको विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए । तर, नियमित रूपमा कम्तीमा एक पटक लगइन गर्ने संस्थाको सङ्ख्या भने १७ हजार ४४७ रहेको छ । विभागका अनुसार अझै कम्तीमा १२ हजार ४३९ सहकारी संस्थाहरू कोपोमिस सिस्टम भन्दा बाहिर रहेका छन् ।

सहकारी विभागको पछिल्लो तथ्याङ्क हाल देशभरबाट २९ हजार ८८६ सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन् । यद्यपि, यो सङ्ख्या पछिल्लो समय बढेर ३५ हजार हाराहारी पुगिसकेको विभागकै अनुमान छ ।

प्रतिक्रिया दिनुहोस