२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातौँ निर्वाचन दिवस मनाउने तयारी, उत्कृष्ट कर्मचारीलाई सम्मानसहितका कार्यक्रम तय 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा टेलिभिजन र रेडियोबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ । 

दिवसका दिन आयोगको कान्तिपथस्थित परिसरमा हुने समारोहमा प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयका सम्पूर्ण कर्मचारी ‘भर्चुअल’ माध्यमबाट सहभागी हुनेछन् । आयोगका लागि यो वर्ष निर्वाचन वर्षका रूपमा व्यतीत भएको छ । गत वैशाख ३० गते स्थानीय तह तथा मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

नेपालको संविधानले आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचन प्रयोजनका लागि मतदाता नामावली तयार गर्ने एवं राष्ट्रिय महत्वको विषयमा जनमत सङ्ग्रह गराउने समेत जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस