काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशङ्कामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी सञ्जय सिंह थापाले सट्टेबाजीमा संलग्न भएको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।
त्रिवि मैदानमा खटिएका प्रहरीहरूले नै एक व्यक्तिलाई पक्राउ गरेको थापाको भनाइ छ । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन ।
त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।