काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच भेटवार्ता भएको छ।
आइतबार सिंहदरवारमा परराष्ट्र मन्त्री पौड्याल र राजदूत टोरनबीच शिष्टाचार भेटवार्ता भएको हो।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
सोही अवसरमा परराष्ट्र मन्त्री पौड्यालले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि नर्वेजियन सरकारलाई धन्यवाद दिएकी थिइन्।
राजदूत ड्राम्डलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्ने बताएकी थिइन्।