१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीको बिदाइ

अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिदाइ गरेको छ ।

ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् ।

२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमवार भारत प्रस्थान गर्नेछ । गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

बिदाइ पछि बोल्दै नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले छोटो समयको तयारी भए पनि टोलीले सुखद नतिजा निकाल्ने बताए । दुई साताको अभ्यासमा राम्रो टोली तयार भएको र साफमा भारतलाई हराएकोले खेलाडीमा मनोबल उच्च रहेको प्रशिक्षक थापाले बताए ।

भारत दक्षिण एसियाको बलियो टोली भएको र भारतसँग खेल्दा खेलाडीलाई राम्रो अनुभव हुने भन्दै मैत्रीपूर्ण खेलमा आफ्नो लक्ष्य सुखद नतिजा रहेको प्रशिक्षक थापाले बताए ।

यस्तै कप्तान एञ्जिालले साफपछि हुन लागेको मैत्रीपूर्ण खेलमा सुखद नतिजालाई निरन्तरता दिने बताइन् । उनले आफ्नो टोलीको मनोबल उच्च रहेको र भारतलाई हराउँदै साफ उपाधि दिलाएपछि टोलीलेको स्तर पनि बढेको बताइन् ।

टोलीमा अनुभवी र नयाँ प्रतिभावान् खेलाडी समावेश भएको भन्दै राम्रो खेल हुने अपेक्षा कप्तान एञ्जिालले राखेकी छन् । भारतसँगको मैत्रीपूर्ण खेल आगामी ओलम्पिकका लागि अनुभव सँगाल्ने अवसर भएको भन्दै मनोबल उच्च बनाउन जितेर आउने बताइन् ।

पहिलो पटक राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बनेका थापाले नेपाली महिला फुटबल टोलीले आधुनिक फुटबल खेलाउने तयारीमा छन् । एन्फाले मैत्रीपूर्ण खेलले ओलम्पिक छनोट खेलमा अनुभव खेलको रूपमा हेरेको छ ।

नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली सोमवार चेन्नई प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस