२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सातापछि मालपोतको कामकाज पुनः सञ्चालन

अ+ अ-

काठमाडौँ । महोत्तरी मालपोत कार्यालयको कामकाज बुधबार एक सातापछि पुनः सञ्चालन भएको छ । 

लेखापढी कानुन व्यवसायीहरूको आन्दोलनका कारण गत बुधबारदेखि नै सदरमुकाम जलेश्वरस्थित उक्त कार्यालयको कामकाज ठप्प रहेकामा आजदेखि पुनः सबै कामकाज सञ्चालन भएको कार्यालयका प्रमुख मोहम्मद इजहार आलमले बताए ।

उक्त कार्यालयमा आबद्ध करिब दुई सय लेखापढी कानुन व्यवसायी (लेखनदास)हरूले सेवाग्राहीहरूलाई आवश्यक पर्ने राजीनामा, जग्गा पास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायत सबै कामकाज बुधबारदेखि नै ठप्प परेका कारण एक सातासम्म कार्यालय बन्द थियो ।

गत बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि लेखापढी व्यवसायीहरूले पक्राउ परेकाहरू पनि लेखनदास रहेको भन्दै उनीहरूलाई निसर्त छाड्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि शुक्रबार प्रहरीले उनीहरूलाई रिहा गरेको थियो । तर पनि लेखनदासहरूले उनीहरूमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने, कार्यालयमा निर्बाध रूपमा लेखापढी व्यवसायीहरू आउजाउ गर्न पाउनुपर्ने र प्रहरीले कोही कसैलाई समात्न नपाउने भन्दै काममा फर्किएका थिएनन् ।

यसैबीच आन्दोलनरत लेखनदासहरू र कार्यालयबीच मङ्गलवार साँझ सहमति भएपछि सम्पूर्ण आन्दोलनको कार्यक्रम स्थगित गरी आजदेखि मालपोतको सम्पूर्ण कामकाज सञ्चालन भएको लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष श्यामसुन्दर यादवले बताए ।

प्रहरीले गत बुधबार दिउँसो कार्यालयको प्राङ्गणमा सेवाग्राहीहरूलाई हाकिम, कर्मचारीहरूसँग आफ्नो सेटिङ रहेको र आफूले छिटोछरितो काम गराइदिने भन्दै प्रलोभन देखाउँदै पैसाको मोलमोलाई गरिरहेको अवस्थामा पाँच बिचौलियालाई पक्राउ गरेको थियो तर लेखनदासहरूले उनीहरू बिचौलिया नभएर आफ्ना कानुन व्यवसायी रहेका र उनीहरूलाई छाड्नुपर्ने भन्दै आन्दोलन चर्काएर एक सातासम्म कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेका थिए । 

प्रतिक्रिया दिनुहोस