काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद कर्मा घलेको निधन भएको छ ।
मङ्गलवार शिक्षण अस्पताल काठमाडौँमा उपचारकै क्रममा ५९ वर्षको उमेरमा उनको निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।
उनी ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् ।