२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न मलेसियाको प्रस्ताव

अ+ अ-

काठमाडौँ । मलेसियाले घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न शुक्रबार प्रस्ताव राखेको छ । २०७५ कात्तिक ११ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा घरेलु कामदार पठाउने विषय उल्लेख छैन ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा काठमाडौँको सोल्टी होटलमा भएको द्विपक्षीय बैठकमा मलेसियाको तर्फबाट मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले घरेलु कामदार पठाउन प्रस्ताव राखेको हो । नेपालले यो प्रस्तावलाई नेपाल र मलेसियाको संयुक्त प्राविधिक बैठकमा एजेन्डा बनाउन तयार भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले बताए ।

बैठकमा मलेसियाले तुरुन्तै ५ लाख विदेशी कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ ल्याएको बारे नेपाललाई औपचारिक रूपमा जानकारी दिएको छ ।

बैठकमा ५ लाख विदेशी कामदारमध्ये नेपालीबाट लैजाने संख्या भने स्पष्ट तोकिएन ।

मलेसियन पक्षले कम्पनी छाडेर वा भिसाको म्याद समाप्त भएपछि पनि बसिरहेका अलेखबद्ध (गैरकानुनी हैसियत भएका) कामदारलाई पुनः कानुनी हैसियतमा ल्याउने गरी नयाँ कार्यक्रम ल्याएको जानकारी दिइएको थियो ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न मलेसियाको सहयोग गर्नुपर्ने बताए ।

नेपालले मलेसियामा कार्यरत सबै नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रम (सोस्को)मा समेट्नका लागि अनुरोध गरेको छ । बैठकमा नेपाली सुरक्षागार्डको अवस्थाबारे पनि छलफल भएको छ । श्रम मन्त्रालयले नेपालबाट प्रहरी, सेना र सशस्त्र प्रहरी छिट्टै अवकाश पाउने हुँदा उचित तलब सेवा सुविधा दिई सुरक्षा गार्डमा आकर्षित गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस