काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आजको लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ४५ पैसा र बिक्री दर १४२ रुपैयाँ १० पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३६ पैसा र बिक्री दर १६२ रुपैयाँ १० पैसा रहेको छ।
यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
