काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २५ पैसा र बिक्री दर १३० रुपैयाँ ८५ पैसा तोकेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ९५ पैसा र बिक्री दर १४२ रुपैयाँ ६१ पैसा रहेको छ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
